१८ कार्तिक २०८३, बुधबार

देउवा र प्रचण्डको सहमतिमै ओलीलाई छलफलमा बोलाइएको

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको सल्लाहमै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटार बोलाएको खुलासा भएको छ ।

आइतबार प्रमुख प्रतिपक्षी दलका अध्यक्ष ओलीलाई प्रधानमन्त्री देउवाले बालुवाटार बोलाएका हुन् ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बारे बहस गर्न पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई देउवाले बैठकका लागि बोलाएका हुन् ।

आइतबार विहानै देउवा र प्रचण्डबीच छलफलमा ओलीसँग बैठक गर्ने सहमति भएअनुसार अपराह्न बैठकमा बोलाइएको हो ।

प्रधानमन्त्री देउवाले जसरी भए पनि एमसीसी पारित गर्ने दाउमा लागेको छ ।

यद्यपि दोहोरो चरित्र देखाएका माओवादी अध्यक्ष प्रचण्डले र देउवाले एमसीसी मुख्यालयलाई पठाएको लिखित प्रतिवद्धता पत्र लिक भएपछि राजनीतिमा नयाँ बहस सुरु भएको छ ।

प्रचण्डकै पार्टीका नेताहरुले भने एमसीसी अहिलेकै स्थितिमा पारित गर्न नसकिने जनाउँदै आएको छ ।