
न्यूह्यामसायर, २३ माघ । अनेसास न्यूह्यामसायर च्याप्टरको आयोजनामा विद्याकी देवी सरस्वती माताको पूजाको कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रम श्रीपञ्चमीको अवसर पारेर फिसरभिल रोड कंकर्डमा हिजो आयोजना गरिएको हो । अनेसास च्याप्टर अध्यक्ष हरिमाया अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख आतित्थ्यता संरक्षक उमेश कोइरालाले गरेका थिए ।
कार्यक्रममा अनेसास बीओटी पुरस्कार समिति सदस्य, एन आर एन संस्कृति सम्पदा उपसमिति सदस्य तथा संस्थाका प्रधान सम्पादक ईश्वरी भट्टको विशेष आतित्थ्यता रहेको थियो ।
कार्यक्रममा हरिमाया अधिकारी, निर्मला शर्मा, ईश्वरी भट्ट, तारादेवी न्यौपाने, उषा गुरूङलगायतले मन्त्रोच्चारण एवम् पूजापाठ गर्नाका साथै सरस्वती स्तोत्र पाठ गरेका थिए ।
कार्यक्रममा अध्यक्ष हरिमाया अधिकारी र प्रेम सागर खतिवडाबाट सरस्वती वन्दना गायन, ईश्वरी भट्टबाट च्याप्टरका गतिविधि र यसको गौरवमय क्षणहरूको स्मरण गराउँदै गोपाल भण्डारीको र प्रकाशोन्मुख कृतिबाट एक–एक कविता पनि वाचन गरिएको थियो ।
कार्यक्रममा अनेसास केन्द्रीय कार्यसमितिका वरिष्ठ उपाध्यक्षको शुभ कामना सन्देश र केन्द्रीय कोषाध्यक्षको सन्देश भिडियोमार्फत प्रत्यक्ष प्रशारण गरिएको थियो । त्यसैगरी पूर्वमहासचिव हरिकुमारी गुरूङ, सदस्य तारादेवी न्यौपाने, पूर्वसचिव रामचन्द्र भण्डारी, संरक्षक उमेश कोइराला, अध्यक्ष हरिमाया अधिकारी, संगीतकार एवम् आजीवन सदस्य प्रेमसागर खतिवडा, सचिव नन्द शर्मालगायत कवि तथा साहित्यकारहरूबाट कविता वाचन तथा संक्षिप्त मन्तव्य व्यक्त गरिएका थिए ।
कार्यक्रममा प्रेमसागर खतिवडाले ऊनीको टोपी विक्री गरी संस्थालाई अर्थोपार्जन गर्ने रोचक कार्यक्रम प्रस्तुत गरेका थिए । पूजाभेटी समेत उक्त कार्यक्रममा १९४ संस्थाको आर्जन भएको थियो भने महासचिव राधा थापाको उपचारार्थ समितिका र शुभ चिन्तकहरूबाट सहयोग रकम उठाउने काम पनि भएको थियो ।
उक्त कार्यक्रम सचिव नन्द शर्माले सञ्चालन गरेका र्थिए भने प्राविधिक सहयोग कोषाध्यक्ष सुवास श्रेष्ठ, कुमार भट्टराई र प्रदीप कार्कीले गरेका थिए ।















प्रतिक्रिया