२९ आश्विन २०८३, बिहिबार

एनआरएनए इङ्ग्ल्याण्डको भर्चुअल रनफेस्टको तयारी अन्तिम चरणमा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मेडिस्टन (यूके), २३ माघ । एनआरएनए इङ्ग्ल्याण्डको भर्चुअल रनफेस्टको तयारी अन्तिम चरणमा पुगेको छ ।

हिजो शनिबार गैरआवासीय नेपाली संघ (एनआरएनए), इङ्ग्ल्याण्ड राज्य समन्वय परिषदले पत्रकार सम्मेलन गर्दै भर्चुअल रनफेष्ट अन्तिम चरणको तयारीमा पुगेको जानकारी दिएको हो ।

सहभागी हुनेहरूको संख्या बढिरहेकाले साइन अप गर्ने म्याद यही ९ तारिखसम्म मात्रै थपिएको जानकारी समेत दिइएको छ । भर्चुअल रनफेष्ट प्रतियोगिताको तयारीबारे आयोजित अन्तिम प्रेस सम्मेलनमा बोल्दै एनआरएनए इङ्ग्ल्याण्डका अध्यक्ष एलबीजेड गुरूले ‘स्वास्थ्य नै धन’ भन्ने नाराका साथ रनफेष्टले मानसिक र शारीरिक स्वास्थ्यलाई थप मनोबल पुर्याउन सहयोग पुग्ने बताए ।

‘महामारीका बेला सबैलाई शारीरिक र मानसिक रूपले तन्दुरुस्त बनाउन हामीले इभेन्ट आयोजना गरेका हौँ र भविष्यमा यसलाई अझ बृहत बनाउने र भौतिक रूपमै एभरेष्ट रन वा अरु कुनै पनि नाम सबै समुदाय वा भाषीहरुलाई पनि सहभागिता गराउन सकिने नाममा निरन्तरता दिने सोँच रहेको छ,’ अध्यक्ष गुरूङले भने । उनले रनफेस्टमा सहभागिता जनाएर सहयोग गर्न पनि सबैलाई अपिल गरेका छन् ।

यसैगरी, एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले इङ्ग्ल्याण्ड राज्य समन्वय परिषदको कार्यले संस्थागत गतिविधिलाई सृजनात्मक ढंगले बढाएको र सिंगो समुदायको स्वास्थ्यबारे चेतना जगाउन रनफेष्टले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘यो रनफेस्टले हामीलाई खेलकुदको माध्यमबाट स्थापति हुन थप सहयोग पुग्ने छ,’ अध्यक्ष मगरले भने ।

प्रतियोगिताका संयोजक बलराम सुवेदीले स्वास्थ्यबारे जनचेतना पर्वाह गर्न र कोरोना महामारीको समयमा सबैलाई भयबाट मुक्त बनाउन रनफेष्टको आयोजना गरिएको बताए । उनले यूकेबाहेक जापान, यूरोप र अमेरिकाबाट पनि सहभागिता जनाउने गरी उत्साहजनक प्रतिक्रिया आएको बताए ।

उनले थप सहभागिता वृद्धि गर्न भन्दै फेब्रुअरी ९ तारिख बिहानसम्म नाम दर्ताका लागि समयावधि बढाइएको पनि जानकारी दिए । उनले नेपाली समुदायबाट सहभागिताका लागि सबैभन्दा धेरै आवेदन दर्ता गरिएको समेत जानकारी दिए । रनफेष्ट ९९ प्रतिशत नेपाली मूलका समुदायबाट अनलाइन रजिष्टर भएको जानकारी गराए र आयोजकले करीब पाँच सय जना सहभागी गराउने लक्ष्य रहेको र जुन संख्याको निकट पुग्न लागेको पनि जानकारी दिए ।

रनफेष्ट अन्तर्गत https://nrna-escc.org/sign-up/  मा गएर नाम दर्ता गर्न सकिने छ । दर्ता गरिसकेपछि फेब्रुअरी १५ तारिखसम्म एक पटक पाँच किलोमिटर दौडेर, हिँडेर वा साईकल गरेर रनफेस्ट पूरा गरेको प्रमाण सोही वेभसाइटमा Submit your result भित्र पसेर बुझाउनुपर्ने हुन्छ । दौड पूरा गरेका सबै सहभागीहरूलाई प्रमाण-पत्र र मेडल प्रदान गरिने छ ।

ब्रेक्स्ली नेपाली समाजबाट करिब ६० जनाले फेब्रुअरी तेस्रो साताभित्र दौडेर ऐक्यबद्धता जनाउन लागेको प्रवक्ता डा. विशाल गुरूङले बताए । यसैगरी, विभिन्न नेपाली समाजहरूले समेत प्रत्यक्ष र सामूहिक रूपमा दौडेर रनफेस्ष्टलाई प्रचार गर्दै सहयोग गर्ने तयारी गरिरहेको जानकारि दिए ।