– हेमजङ गुरुङ (केन्द्रीय सहायक महामन्त्री राप्रपा)
सूर्यबहादुर थापाको पत्नीको निधन भएको भर्खरै १६ दिनमात्रै भएको थियो । हामी २०५६ सालको निर्वाचनपछि पश्चिमाञ्चलस्तरीय समिक्षामा जुटेका थियौँ । हामी त दंग पर्यौँ । चुनावको समिक्षा गर्नुछ, त्यसमाथि नेताहरुसँग आक्रोश पनि पोख्नुपर्ने हुन्छ । शोकमा रहेका नेताहरुसँग गरी सबालजबाफ गर्ने ? सबैको मनमा एकैखाले प्रश्न थियो । तर, सूर्यबहादुर यसरी प्रस्तुत हुनुभयो कि उहाँको अनुहारमा पीडाको कुनै भाव नै थिएन, उहाँ खुलेरै प्रस्तुत भएपछि हामीले पनि दिनभर जमेरै छलफल गर्यौँ।
राति नेताहरुलाई पनि नाचगानमा सहभागी गराउने कार्यक्रम थियो । त्यसको चाँजोपाँजो स्थानीय पार्टी कमिटीले मिलाएको थियो । अब सूर्यबहादुरलाई नाच्नुस भन्ने कसरी ? तर, उहाँ आफै नाच्न अगाडि तम्सनुभयो । त्यसपछि त माहौल नै अर्कै भयो ।
















प्रतिक्रिया