
काठमाडौं, २२ माघ । राप्रपानिकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन)ले पेट्रोलियम पदार्थमा अप्रत्याशित रूपमा गरिएको मूल्यबृद्धिको विरोध गरेको छ ।
महासंघले हिजो शुक्रबार एक विज्ञप्ति जारी गर्दै मूल्यबृद्धिप्रति विरोध जनाएको हो । साथै टुकोनले तत्काल मूल्यबृद्धि फिर्ता गर्न समेत सरकारसँग माग गरेको छ ।
टुकोनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हालै गरिएको पेट्रोलियम पदार्थको मूल्यबृद्धिप्रति टुकोनको तर्फबाट सरकारको गम्भीर ध्यानाआकर्षण गराउन चाहान्छौं । नेपाल विशेषगरी पेट्रोलियम पदार्थलगायत केही अत्यावश्यक वस्तुहरूमा परनिर्भर रहन्छ, तर यस्ता विषयहरूलाई राज्यबाट अत्यावश्यक रूपमा लिई सर्वसाधारण नेपाली जनतालाई सहुलियत र सरल ढंगकबाट न्यूनतम मूल्यमा उपलब्ध गराउनुपर्नेमा उल्टै पटक–पटकको मूल्यबृद्धिले आम नेपाली जनतामा परेको प्रभावको सीमा नै छैन ।’
‘यातयात क्षेत्र, यसको प्रमुख प्रयोगकर्ताहरूले पटक–पटक भाडाबढाउनु पर्ने हुन्छ र भाडा बृद्धि गर्दा सरकारले कारबाहीको दायरामा ल्याउने गर्छ भने यो दोहोरो मापदण्डको मारमा आम नेपाली कहिलेसम्म पर्नु पर्ने हो ?,’ विज्ञप्तिमार्फत सरकारलाई प्रश्न गरिएको छ । सर्वसाधरण नेपाली जनता तथा यसका प्रयोकर्तामाथि पर्ने असरलाई ध्यानमा राख्दै तत्काल यस्तो हचुवा प्रवृत्तिप्रति ध्यान पुर्याउँदै तत्काल पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता गर्न टुकोनले माग गरेको छ ।















प्रतिक्रिया