
प्युठान, २२ माघ । प्युठानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
जिल्लाको नौबहिनी गाउँपालिकाबाट गौमुखी जाँदै गरेको ग १ ज ५०९२ नम्बर जीप हिजो शनिबार बिहान दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार दुर्घटनामा पाँच जना घाइते भएका छन् । जीपमा कूल १३ जना सवार रहेको बताइएको छ । प्रहरीका अनुसार बेहुली लिएर गएको जिप दुर्घटनामा परेको हो ।















प्रतिक्रिया