१८ कार्तिक २०८३, बुधबार

कपिलवस्तुमा गर्भवती महिलाको हत्याको आरोपमा पति र ससुरा पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २१ माघ । कपिलवस्तुमा एक गर्भवती महिलाको हत्या आरोपमा उनका पति र ससुरा पक्राउ परेका छन् ।

यशोधरा गाउँपालिका–८ की करिब २१ वर्षीया रहिसुन्निसा मुसलमानलाई हत्या गरेको आरोपमा प्रहरीेले उनका पति २२ वर्षीय मोहम्मद नसिम अलि मुसलमान र निजको बुवा ५० वर्षीय अब्बास अलि मुसलमानलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुअनुसार मृतक महिला दुई महिनाको गर्भवती भएको र मृत्यु शंकास्पद भएकोले शुक्रबार गाडेको शव उत्खनन गरी पोष्टमार्टमको लागि लुम्बिनी प्रदेशिक अस्पताल बुटवल पठाइएको छ ।