१८ कार्तिक २०८३, बुधबार

मधेश प्रदेशमा हावाहुरीका कारण ३ जनाको मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, २१ माघ । मधेश प्रदेशमा हावाहुरीका कारण ३ जनाको मृत्यु भएको छ ।

शुक्रबार आएको हावाहुरीले गर्दा धनुषा र रातहटमा ३ जनाको मृत्यु भएको हो ।

हुरीका कारण रुख ढलेर किच्दा धनुषाका २ विद्यार्थी र रौतहटकी एक महिलाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धनुषाको सबैला नगरपालिका १२ स्थित फकिरचन्द मावि परिसरमा रहेको रूख ढल्दा ८ वर्षीया प्रतिमाकुमारी सदा र ७ वर्षीय अरविन्द सदा रहेका प्रहरीले जनाएको छ ।

हुरीका कारण मसलाको रुख ढल्दा दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरीका कार्यालय धनुषाले जनाएको छ । दुवै विद्यार्थीको रुख ढलेर टाउकोमा चोट लागि घटनास्थलमै मृत्यु भएको हो ।

त्यस्तै रौतहटको बौधीमाई नगरपालिका १ मा हावा हुरीका कारण इँटाको घर खस्दा ४५ वर्षीया फुलमतिया देवीको मृत्यु भएको हो ।

हावा हुरीका कारण मधेश प्रदेशसभाको चौथो वार्षिकोत्सव समारोह समेत स्थगित भएको छ ।