१८ कार्तिक २०८३, बुधबार

पैँतिस लाख ६८ हजार ठगी गर्ने महर्जन पक्राउ

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौँ, २१ माघ । नेपाल प्रहरीले रु ३५ लाख ६८ हजार ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले काठमाडौँको कालीमाटीस्थित साइनिङ स्टार सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडमा जम्मा गरेको निक्षेप रकम फिर्ता नदिई ठगी गर्ने काठमाडौँ स्वयम्भूका ४८ वर्षीय पञ्चमान महर्जनलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक श्यामकुमार महतोले निक्षेपकर्ताको रकम सम्बन्धित व्यक्तिलाई नदिई सो संस्थाका पदाधिकारी एवम् सञ्चालकलाई आर्थिक लाभ हुने गरी जग्गा खरिद गरी ठगी गरेकाले सो संस्थाका लेखा समितिका संयोजकसमेत रहेका महर्जनलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

काठमाडौँ जिल्ला अदालतको विसं २०७३ असार १९ गतेको फैसलाअनुसार महर्जनलाई ६ महिना कैद सजाया र बिगोबमोजिम रु ३५ लाख ६८ हजार जरिवाना हुने फैसला सुनाएको थियो । पक्राउ महर्जनलाई फैसला कार्यान्वयनका लागि आज काठमाडौँ जिल्ला अदालत पेस गरिएको प्रवक्ता महतोले बताउनुभयो ।–रासस