८ कार्तिक २०८३, आइतबार

यस्तो छ मोरङ हत्याकाण्डको नालीबेली

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ माघ । मोरङमा २ जना र ललितपुरमा एक जनाको हत्या आरोपमा प्रहरीले शुक्रबार ३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा मुख्य आरोपित सिरहा नगरपालिका–२१ घर भई काठमाडौँ बल्खु बस्ने ३१ वर्षीय अनिल मण्डलसहित मोरङको जहदा गाउँपालिका–४ सिस्वनीका अमित साह भनिने दिनानाथ सोनार र मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरका ६२ वर्षीय नासिर आलम रहेका छन् ।

प्रहरीको अनुसन्धानबाट मण्डलले कारोबार रकम एकलौटी बनाउने उद्देश्यले आफ्ना साझेदारहरुको हत्या गरेको खुलेको छ ।

मण्डलले कमिसनको लोभमा ९ दिनमा तीन साझेदारको हत्या गरी शव व्यवस्थापन गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

पछिल्लो रिपोर्टअनुसार मंसिर अन्तिम साता र पुस पहिलो साता ललितपुर र मोरङमा गरी तीन जनाको हत्या गरेको खुलासा भएको हो ।

जिल्ला प्रहरी कार्यालय, मोरङले पहिलो पटक नै मोहन लिम्बुको हत्या भएको जनाएको छ ।

त्यसपछि मण्डल राजेन्द्रकुमार श्रेष्ठ र शम्भुकुमार चौधरीलाई लिएर विराटनगर पुगेका थिए । त्यसपछि मण्डलले राजेन्द्रको मंसिर ५ र चौधरीको मंसिर ७ मा हत्या भएको गरेको प्रहरीको भनाइ छ ।

ललितपुरमा लिम्बुको हत्या गरेको ७ औँ र ९ औँ दिनमा उखुबारीमा अन्य दुई जना साझेदारको हत्या गरेर खाल्डोमा गाडेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

प्रहरीका अनुसार ललितपुरमा डोरीले घाँटीमा कसेर लिम्बुको हत्या भएको हो ।

शव व्यवस्थापन भने खाल्डो खनेर त्यसमाथि ढलान गरेर गाडिएको प्रहरीको भनाइ छ ।

त्यस्तै, विराटनगरमा पनि अन्य दुई जनाको उस्तै प्रकृतिले हत्या गरी खाल्डोमा शवलाई गाडिएको भेटिएको थियो ।

प्रहरीले हत्यामा संलग्न प्रमुख आरोपित मण्डलसहित ३ जनालाई पक्राउ गरेको छ । यद्यपि हत्यामा भारतीयको संलग्न रहेकोमा प्रहरीको आशंका छ भने केही अझै फरार भइरहेको प्रहरीको भनाइ छ ।

प्रहरीले घटनाका विषयमा विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ ।

घटना पहिलो पतक माघ १३ गते उखुबारीमा एक जनाको शव भेटिएपछि सार्वजनिक भएको थियो ।

उनीहरु चार जना मिलेर जग्गा, हाइड्रो पावर, सिमेन्ट उद्योग लगायतमा लगानी गर्ने गरेका प्रहरीको भनाइ छ ।