
काठमाडौं, माघ २१ । नेकपा एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागमा ८ जना सदस्य थपिएका छन् ।
एमालेको सचिवालय बैठकले ८ जना सदस्यलाई मनोनयन गर्ने निर्णय गरेको हो ।
विभागमा यसअघि नै केन्द्रीय सदस्य मोतीलाल दुगडलाई प्रमुख र केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई उपप्रमुख टुंगो लागेको छ ।
विभागमा थपिएका सदस्यहरुमा पाल्देन छेपाङ गुरुङ, किशोर प्रधान, मदन अधिकारी, विजयकुमार लोहिया, डीबी बस्नेत, मदनलाल अग्रवाल, शोभा गुरुङ र लता प्याकुरेल रहेका छन् ।















प्रतिक्रिया