८ कार्तिक २०८३, आइतबार

मोरङ हत्याकाण्डमा बेपत्ता अर्को व्यक्तिको शव ललितपुरमा फेला

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २० माघ । मोरङमा उखुबारीको खाल्डोमा गाडेको अवस्थामा भेटिएका दुई जनाको हत्या प्रकरणमा अर्को एक जनाको शव ललितपुरमा फेला परेको छ ।

बेपत्ता रहेका तेस्रो व्यक्तिको शव ललितपुरमा भेटिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

प्रहरीका अनुसार पेप्सीकोला निवासी ६२ वर्षीय मोहन लिम्बुको शव ललितपुरको धापाखेल दोबाटोमा गाडेको अवस्थामा फेला परेको हो ।

हत्याकाण्डमा पक्राउ परेका अनिल कुमार मण्डलको बयानका आधारमा प्रहरीले लिम्बुको शव फेला पारेको हो ।

लिम्बुको शव पाँच फिट तल ढलान गरेर गाडेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

मृतक र पक्राउ परेका सबै जना जग्गा कारोबारी रहेका प्रहरीले जनाएको छ ।

मोरङ धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा खाल्डोबाट माघ १३ र १४ मा दुईवटा शव निकालिएको थियो ।