८ कार्तिक २०८३, आइतबार

मुख्यमन्त्री राजेन्द्र राईले बदमासी गरेको पूर्वमुख्यमन्त्री शेरधन राई भनाइ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २० माघ । प्रदेश १ का संस्थापक मुख्यमन्त्री शेरधन राईले मुख्यमन्त्री राजेन्द्र राईको बदमासीको भण्डाफोर गरेका छन् ।

निवर्तमान मुख्यमन्त्री राईले प्रदेश सरकार गठन भएको तीन महिनामा मुख्यमन्त्री राजेन्द्र राईले सबैको इज्जतको लिलामी गरेको बताएका छन् ।

सामाजिक सञ्जालमा पूर्वमुख्यमन्त्री राईले लेखेका छन्, ‘मुख खोल्न र खवरदारी गर्न ढिला भइसक्यो कि ?’ उनले भनेका छन्, ‘अध्यादेशद्वारा निर्मित प्रदेश सरकारहरुको तीन महिना अत्तो न पत्तो, मेलो न मेसो बाँडीचुडी कसरी खाने भन्ने कुरामा बितेको हुनुपर्छ । प्रदेश नं १ मा चाँहि ठ्याक्कै यही भएको छ । अरु प्रदेशमा के के भयो धेरै जानकारी लिन पाएको छैन तर प्रदेश नं १ को सरकारले भने यस तीन महिनामा बियर र वाइनको चुस्कीबाट कास्टिङ्ग शुरु गर्दै नयाँ नयाँ किर्तिमानी कार्यहरु गर्न सफल भएको छ । ती किर्तिमानी कार्यहरुले प्रदेश र प्रदेशवासी जनताको, देश र देशबासी जनताको शीर निहुराउनुसम्म निहुराएको छ । खै के भन्ने ?’

यस्तो छ शेरधन राईको स्टाटसः

मुख खोल्न र खवरदारी गर्न ढिला भइसक्यो कि ?

अध्यादेशद्वारा निर्मित प्रदेश सरकारहरुको तीन महिना अत्तो न पत्तो, मेलो न मेसो बाँडीचुडी कसरी खाने भन्ने कुरामा बितेको हुनुपर्छ ! प्रदेश नं १ मा चाँहि ठ्याक्कै यही भएको छ !! अरु प्रदेशमा के के भयो धेरै जानकारी लिन पाएको छैन तर प्रदेश नं १ को सरकारले भने यस तीन महिनामा बियर र वाइनको चुस्कीबाट कास्टिङ्ग शुरु गर्दै नयाँ नयाँ किर्तिमानी कार्यहरु गर्न सफल भएको छ !!! ती किर्तिमानी कार्यहरुले प्रदेश र प्रदेशवासी जनताको, देश र देशबासी जनताको शीर निहुराउनुसम्म निहुराएको छ !!!! खै के भन्ने ?

ती किर्तिमानी कार्यहरु:

१. प्रदेशमा पालिकाहरु कति वटा छन भन्ने कुराको ज्ञान नभएको जानकारी टेलिभजनबाट सार्वजनिक ।

२. रात्रीकालिन मस्ती कन्सर्ट कार्यक्रमको प्रत्यक्ष प्रसारणसहित सार्वजनिक

३. मन्त्री नियुक्ति नभएको मन्त्रालयमा २/२ जना स्वकीय सचिवको नियुक्तिसहितको तथ्य सार्वजनिक ।

४. पुँजीगत खर्च र महत्वपुर्ण बिकास आयोजनाहरुको बजेट कटौंटी गर्दै काले काले मिलेर खाउँ भाले भन्दै मन्त्रालय फुटाएर १२ वटा मन्त्रालय बनाएको घोषणासहित सार्वजनिक ।

यसरी जनताले चुनेको सरकार ढालेर गठबन्धनको नाममा संघीयताको धज्जी उडाउदै संघीयताको मुटुको रुपमा रहेको प्रदेश संरचनालाई खोक्रो बनाउदै, जनताको बिकास र समृद्विको आम चाहनामाथि खेलवाड गर्दै मिलिजुली भागबण्डा गरेर खाने, आफ्ना पार्टी कार्यकर्ता पोस्ने कार्य नांगो रुपमा भइरहेको छ । अब मुख खोल्न ढिला भइसक्यो कि ? धन्यबाद !!!!