
काठमाडौँ, १८ माघ । सरकारले स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्न मिति तोक्ने भएको छ ।
मंगलबार अपरान्ह बालुवाटारमा निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफलका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले ४ जेठ २०७९ मा एकै चरणमा निर्वाचन गर्ने गरी मिति तोक्ने जानकारी गराएका हुन् ।
अबको मन्त्रिपरिषद बैठकले जेठ ४ गतेका लागि निर्वाचनको मिति तोक्ने प्रधानमन्त्री देउवाको भनाइ छ ।
निर्वाचन आयोगले पनि एकै चरणमा निर्वाचन गर्न सकिने भनेपछि सरकारले एकै चरणमा निर्वाचन गराउने तयारी गरेको हो ।















प्रतिक्रिया