२९ आश्विन २०८३, बिहिबार

हलिउड स्टार मिचेल योह नेपाल आउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

michelle_yeohकाठमाडौं, ४ वैशाख । चर्चित हलिउड स्टार मिचेल योह नेपाल आउने भएकी छन् ।

मलेसियामा जन्मेकी मिचेल सन् १९९० को सुरूआतमा हङकङको एक्सन फिल्ममा ज्याकि च्याङसँग अभिनय गरेर चर्चामा आएको कान्तिपुर दैनिकले छापेको छ ।

पश्चिमी फिल्म जगत्मा भने उनी सन् १९९७ को जेम्स बोन्ड फिल्म टुमरो नेभर डाइजमा अभिनय गरेर स्थापित भएकी थिइन् । बुद्ध धर्म मान्ने चर्चित हलिउड स्टारमा उनी पर्छिन् ।

५२ वषिर्य ग्लोबल स्टार वैशाख १०/१३ गतेसम्म काठमाडौंमा हुन लागेको फेडेरेसन इन्टरनेशनल फर अटोमोबाईल (एफआईए) अन्तरगत एफआईए स्पोट्र्स रिजनल कंग्रेसमा सहभागि हुन आउन लागेकी हुन् ।