२ कार्तिक २०८३, सोमबार

बालिकाहरूका लागि राजधानी असुरक्षित बन्दै, काठमाडौंमै बलात्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahila Rapeकाठमाडौं, ४ वैशाख । राजधानीको लाजिम्पाटमा बस्दै आएकी एक १३ वर्षीया बालिका बलात्कृत भएकी छिन्।

गत चैत २१ गतेको घटनामा पीडितका आफन्तले प्रहरीमा जाहेरी दिएपछि बिहीबार मात्रै सार्वजनिक भएको हो।

प्रहरीले बालात्कारमा संलग्न भएको आरोपमा लाजिम्पाटका निलकण्ठ महर्जनलाई पक्राउ गरेको छ।

महर्जनले ठमेल स्थित गेष्ट हाउसमा पुर्‍याएर ती बालिकालाई बलात्कार गरेको आरोप पीडितका आफन्तको रहेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रमुख डिएसपी सीताराम रिजालका अनुसार पीडित बालिकाले नै आफ्नी शिक्षिकालाई आफू बलात्कृत भएको बताएपछि घटना परिवार हुँदै प्रहरीसम्म पुगेको हो।

सानैमा आमा गुमाएकी ती बालिका घरमै ट्युसन पढेर प्राईभेट परिक्षा दिंदै आएकी थिईन्। प्रहरीले पक्राउ गरेका व्यक्ति ती शिक्षिकाका पति हुन्।