काठमाडौं, ४ वैशाख । कांग्रेसको १३औं महाधिवेशनमा उपसभापति र महामन्त्रीमा दाबी गर्ने आकांक्षी बढ्ने भएपछि तिनलाई व्यवस्थापन गर्न संस्थापन पक्षले पदाधिकारी संख्या बढाउने तयारी सुरु गरेको छ ।
वरिष्ठ नेता शेरबहादुर देउवा पक्ष भने उपसभापति र महामन्त्री पद बढाउने पक्षमा छैन । यी दुवै पदका आकांक्षी आफ्ना समूहमा भन्दा संस्थापन पक्षमा बढी भएकाले देउवा उपसभापति र महामन्त्री बढाउन तयारी विपक्षमा उभिने भएका हुन् ।
संस्थापन पक्षमा उपसभापति र महामन्त्रीका लागि धेरै दाबेदार रहेका र तिनलाई व्यवस्थापन गर्न नसक्दा हुने असन्तुष्टिको फाइदा आफूले लिन सक्ने भएकाले देउवाले सहजै उपसभापति र महामन्त्री पद बढाउन नदिने रणनीति लिएका हुन् । सहमहामन्त्रीको पद बढाउन भने देउवा पनि सकारात्मक छन् ।
तीन उपसभापतिमा एक निर्वाचित र दुई मनोनीत राख्ने योजना संस्थापनको रहेको कान्तिपुर दैनिकले छापेको छ ।















प्रतिक्रिया