१९ कार्तिक २०८३, बिहिबार

लुम्बिनी र सुदूरपश्चिममा गठबन्धनका उम्मेदवार निर्वाचित

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ माघ । राष्ट्रियसभा निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशमा ५ दलीय गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।

गठबन्धनबाट उठेका काँग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्य लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) विजयी बनेका हुन् ।

उनीहरुले नेकपा एमालेका उम्मेदवारहरु रामदयाल गुप्ता, भारती खनाल उपाध्याय र कृष्ण सुनारलाई पराजित गरेका हुन् ।

त्यस्तै, सुदूरपश्चिममा पनि गठबन्धनकै तर्फबाट माओवादीका जगत पार्की, एकीकृत समाजवादीका गरिमा शाह र काँग्रेसका नारायण मिश्र निर्वाचित भएका छन् ।

उनीहरुले एमालेबाट उम्मेदवार बनेका नरेश विक, सन्तोषकुमारी शर्मा थापा र डिल्लीराज भट्टलाई पराजित गरेका हुन् ।

वुधबार विहान ९ बजेदेखि मतदान भएको थियो ।