१९ कार्तिक २०८३, बिहिबार

नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ९० हजार नाघ्यो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ माघ । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै देशभर सक्रिय संक्रमितको संख्या ९० हजार ६७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ४ हजार ४३३ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ८ लाख २४ हजार २३९ जना पुगेको छ ।

हालसम्म एक करोड बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् । वुधबार मात्रै करिब २ लाख ५६ हजार बढीले खोप लगाएका छन
।

२४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ६७२ जना पुगेको मन्त्रालयले जनाएको छ ।