
हेटौँडा, १२ माघ । राष्ट्रियसभाको मतदान चलिरहेको बेला वागमती प्रदेशको मतदान स्थलमा तनाव भएको छ ।
मतदान स्थलमा माओवादी प्रदेश सांसदले निर्वाचन अधिकृतको कठालो समातेपछि तनाव भएको हो ।
राष्ट्रिय सभाको वागमतीमा दुई पदको लागि निर्वाचन भइरहेको छ । त्यही क्रममा मतदान केन्द्रमा माओवादी सांसद हिमाली गोलेले फोटो खिच्दा लफडा उत्पन्न भएको हो ।
उनले फोटो खिच्दा निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले मोबाइल खोसेको भन्दै माओवादी सांसद राजन दाहाल सहितको समूहले निर्वाचन अधिकृतको कठालो समातेका हुन् ।
हेटौंडा औद्योगिक क्षेत्रमा बिहान ९ बजेदेखि मतदान सुरु भएको थियो । निर्वाचन प्रक्रिया दिउँसो ३ बजेसम्म हुनेछ । वागमतीमा ६ जनाले उम्मेदवारी दिएका छन् ।












प्रतिक्रिया