१९ कार्तिक २०८३, बिहिबार

थप ६ हजार ४६२ जनामा कोरोना, ४ जनाको मृत्यु, १ हजार ४१६ निको

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ९ माघ । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ४६२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ६ हजार ४६२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १७ हजार ४३७ नमुना परीक्षण गरिएकोमा ६ हजार ४६२ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या १० लाख १६ हजार ८४५ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ४१६ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ८ लाख २० हजार २८३ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ जना रहेको छ ।

हालसम्म एक करोड बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।

२४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ६५५ जना पुगेको मन्त्रालयले जनाएको छ ।