१९ कार्तिक २०८३, बिहिबार

मौसम पूर्वानुमान शाखाका ८ मौसमविदमा कोरोना पुष्टि

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ माघ । जल तथा मौसम विभागको मौसम पूर्वानुमान शाखाका ८ जना मौसमविदमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यालयमा ११ जनामध्ये ८ जना मौसमविद संक्रमित बनेका छन् ।

जसका कारण उनीहरुले घरबाटै मौसमको भविष्यवाणी गरिरहेका बताइएको छ ।

उनीहरुले प्रत्येक आधा आधा घण्टामा विमानस्थललाई मौसमबारे जानकारी दिनुपर्ने तथा प्रत्येक ६/६ घण्टामा अन्तर्राष्ट्रिय उडानका लागि मौसमको विवरण दिनुपर्ने जिम्मेवारी रहेको हुन्छ ।

त्यसैले, उनीहरुले घरबाटै यो सबै गर्न सक्ने व्यवस्था गरिएको छ ।