२९ आश्विन २०८३, बिहिबार

राष्ट्रिय हस्तकला औद्योगिक व्यापार मेला वैशाख २० बाट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Melaकाठमाडौं, वैशाख ३ । आगामी वैशाख २० गतेदेखी ३० गतेसम्म राष्ट्रिय हस्तकला औद्योगिक व्यापार मेला २०७२ आयोजना हुने भएको छ ।

उद्योग व्यापार प्रबद्र्धन संस्था नेपालले बिहीबार रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गरेर नबवर्ष २०७२ साल तथा १२ वर्षे रातो मच्छिन्द्रनाथको रथ यात्राको अवसरमा ‘नेपालको पहिचान हस्तकला र सँस्कृतीको उत्थान’ भन्ने मुल नाराका साथ जाउलाखेलस्थित फुटबल मैदानमा उक्त मेलाको आयोजना गर्न लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष कृष्णगोपाल प्रधानले ११ दिन चल्ने उक्त मेलामा निर्यातयोग्य वस्तुको पहिचान र प्रवद्र्धन, आदिवासी, जनजातिका भाषा, धर्म, कला र संस्कृतिको माध्यमवाट आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य रहेको बताए ।

त्यसैगरी मेलाले स्थानीय वस्तु तथा सेवाहरुको बजार प्रबद्र्धन, उत्पादक र उपभोक्ता वीचको सम्वन्ध विस्तार गरिने, हस्तकला सम्बन्धी सीप र व्यवसायको प्रर्बद्धन, कृषि क्षेत्रमा मह, तरकारीको विक्री प्रवद्र्धन गर्न सहयोग पुग्ने, बजार अनुसन्धान तथा नयाँ वस्तु विकास अवसरको सृर्जना गर्ने उद्देश्य लिएको अध्यक्ष प्रधानले बताए ।

Mela 2उनका अनुसार सो मेलामा स्थानिय श्रमको सृजना गरि जिल्लालाई स्वरोजगारमुखी बनाईने, फुटपाथ व्यवस्थित, सांस्कृति कलाको प्रर्दशनी र नृत्य प्रतियोगिता, खाना महोत्सव, राष्ट्रिय कलाकार तथा स्थानिय कलाकारहरुद्वारा मनोरञ्जन प्रदान गरिने, महिला उद्यमीद्वारा उत्पादित हस्तकलाका सामग्रीहरुको प्रर्दशन तथा बिक्रि गरिने छ ।

सो मेलामा २ सय १ प्रकारका स्टलहरु सञ्चालन हुनेछन् । जसमध्ये साधारण स्टल १ सय ७०, चमेनागृह ७, आईसक्रिम ५, बहुराष्ट्रिय कम्पनी १०, र ९ वटा स्टल निःशूल्क राखिनेछन् ।

मेलालाई व्यवस्थित गर्न संस्थाका उपाध्यक्ष सिद्धीरत्न शाक्यको संयोजकत्वमा ३१ सदस्यीय मेला समारोह समिति गठन गरिएको छ भने कार्य विभाजनको लागि ९ वटा उपसमितिहरु गठन गरिएको छ ।

उक्त मेला अवधिभर करिब ७ करोड रुपैयाँको व्यापार हुने अनुमान गरेको आयोजक संस्थाले जनाएको छ । सो मेलामा प्लास्टिकका झोला निशेष गरेको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा रिपोर्टर्स क्लव नेपालका अध्यक्ष ऋषि धमलाले मुलुकभित्र उत्पादन भएका वस्तुलाई अन्तर्राष्ट्रियकरण गर्ने बेला भएको बताए ।

नयाँ वर्ष २०७२ को सूरुवातमा हुन गईरहेको उक्त मेला स्वागतयोग्य रहेको बताँउदै उनले भने, “प्रचार प्रसारको अभावमा मुलुकभित्र उत्पादन भएका बस्तु भन्दा पनि अन्तर्राष्ट्रिय सामानमा युवाहरुको आकर्षण बढ्दै गएको छ ।”

स्थानीय उत्पादनलाई प्रचार प्रसारले स्वदेशी उत्पादनलाई जोड दिई रोजगारीको खोजीमा विदेशी रहेका युवा शक्तिलाई रोकी मुलुकको विकासमा सहयोग पुग्ने उनले बताए ।