चितवन । अष्ट्रेलियामा छायांकन भएको ‘छोड्दिन भन्थेउँ’ बोलको गीतको म्युजिक भिडियो रिलिज गरिएको छ । संञरकर्मी बिकास लामिछानेको शब्द रहेको यो गीतमा आकृति आचार्यले स्वर दिएकी छिन् ।
टंक बुढाथोकीले भरेको यो गीतको भिडियोमा ‘सेन्टीमेन्टल थिम’ उठाइएको छ । जीवन रसाइलीको निर्देशन रहेको भिडियोमा गायिका आकृति र रविन अधिकारीको अभिनय देख्न सकिन्छ । पैसाको लोभमा प्रेमीले छोडेपछि प्रेमिकाले भोग्न बाध्य हुनुपर्ने दुःख भिडियोले देखाउन खोजेको छ ।
आफ्नो गायनको पहिलो प्रयासलाई धेरैले मनपराई दिएकोमा गायिका आकृती फुरुङ्गै छिन् । अस्ट्रेलियाको मेलबर्नमा बस्दै आएकी काठमाडौकी २२ बर्षीया अचार्य उच्च शिक्षाको सिलसिलामा त्यहाँ पुगेकी थिईन् । सानैदेखि गीतसंगीत प्रति आफ्नो रुचि रहेको उनले बताइन् । भनिन् अर्काे गीत छिट्टै ल्याउने तयारीमा छु ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।
















प्रतिक्रिया