३ कार्तिक २०८३, मंगलबार

कामना सेवा विकास बैंकको नाफा १२ प्रतिशतले घट्यो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ माघ । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा बैंकको नाफा यो अवधिमा बैंकको नाफा ११.८९ प्रतिशतले घटेर ३४ करोड ३६ लाख ८१ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ३९ करोड ४७ हजार रूपैयाँ रहेको थियो ।

यो अवधिमा बैंकको नाफा घटेपनि खुद व्याज आम्दानी भने बनेको छ । बैंकको खुद ब्याज आम्दानी ३१.६६ प्रतिशतले बढेर ९० करोड ५९ लाख ६० हजार रूपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ६८ करोड ८० लाख ८९ हजार रूपैयाँ रहेको थियो ।

यस्तै सञ्चालन मुनाफा ४१.५१ प्रतिशतले बढेर ४९ करोड ९ लाख ७३ हजार रूपैयाँ पुगेको छ । गत वर्ष बैंकले ३४ करोड ६९ लाख ५६ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । बैंकको वितरणयोग्य नाफा ९ करोड ६७ लाख रुपैयाँ रहेको छ ।

३ अर्ब १४ करोड २५ लाख ७७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ३ करोड ७८ लाख २२ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी २१ रुपैयाँ ८७ पैसा र प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ २ पैसा रहेको छ ।