
– सन्तोष काफ्ले
धरान । विराटनगरकी प्रियंका श्रेष्ठले पूर्वाञ्चलकै ठूलो सौन्दर्य प्रतियोगीता नेपाल आईस मिस पूर्वाञ्चल २०१५को उपाधी हात पारेकी छिन् ।
फेसबुकमार्फत् साथी बनेकाहरु बिहे गरेका छन् । यसलाई तपाई के भन्नुहुन्छ ? भन्ने मुख्य निणार्यक वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्राध्यापक डाक्टर विक्रम प्रसाद श्रेष्ठले सोधेको प्रश्नमा उनले भनेकी थिइन् मेरो विचारमा बिहे गर्न विचार मिल्नुपर्छ, एक अर्कामा विश्वास र सम्मान हुनुपर्छ, त्यसो भयो भने जुनसुकै सामाजिक सञ्जालबाट पनि बिहे हुनसक्छ ।’
उनको यो उत्तरले नै उनलाई मिस पुर्वाञ्चलको ताज पहिर्याउन सफल भयो । चार्टर एकाउन्टेन्सी अध्ययन गरिरहेकी प्रियंकाले मिस पब्लिक च्याईस टाईटल सहित उपाधी जितेर यामाहाको स्कुटी र हङकङ यात्राको अवसर पाईन् ।
विजेताले होटल एसोसिएसन अफ भेडेटारको सद्भावना दुत, आसरा सुधार केन्द्र र बुढासुब्बा गोल्डकपको पनि सद्भावनादुत् बन्ने अवसर पाईन् । उपाधी जितेपछि खुसी व्यक्त गर्दै उनले सामाजिक कार्यमा लाग्ने बताईन् । उनले मोडलिङसंगै पूर्वको पर्यटन प्रवद्र्धनमा सक्रिय बन्ने बताइन् ।
त्यस्तै धरानकी अनु राई मिस ट्यालेन्टसहित फस्टरनरअप बन्दै नगद ४० हजार र बैंकक टुरको अवसर पाईन् । जुम्बा डान्सकी प्रशिक्षक बन्ने लक्ष्य लिएकी अनुले कला क्षेत्रमै भविष्य बनाउने बताईन् ।
उनले यसअघि नै विभिन्न म्युजिक भिडियोमा अभिनय समेत गरिसकेकी छिन् । सेकेन्ड रनरअप बनेकी झापा दमककी प्रमिसा बज्राचार्यले नगद ३० हजार र पोखरा भ्रमणको अवसर पाईन् । भविष्यमा एयरहोस्टेज बन्ने लक्ष्य रहेकी प्रमिसा भविष्यमा यहि क्षेत्रमा लाग्ने बताईन् ।
सिल्भर इन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगीतामा लेटाङ मोरङकी साईरा मगर मिस चार्मिङ, चन्द्रगढि झापाकी सञ्जु मल्ल ठकुरी मिस पर्सनालिटी, इटहरीकी मिसाल श्रेष्ठ मिस फ्रेन्डशीप, केराबारी मोरङकी सामुना लिम्बु मिस फोटोजेनिक र धरानकी शरुपा थापा मगर मिस वेष्ट वाक घोषित भए । सवै सवटाईटल विजेताले नगद १० हजार र गिफ्ट ह्याम्पस पाए ।
बुधबार सांझ धरान सभागृहमा भएको प्रतियोगीतामा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा.विक्रम श्रेष्ठ, सिजी ब्रुअरीका सिनियर जनरल मेनेजर प्रदीप पुडासैनी, डा. राजेन्द्र शर्मा, युरेका स्कुलका प्रिन्सिपल राजेन्द्र गुरुङ, पिएलओ लुब्रिकेन्टस्का प्रमुख कार्यकारी अधिकृत भोलेश्वर दुलाल, फोटोग्राफर राजिव श्रेष्ठ, मिस पूर्वाञ्चल २०११ प्रतिभा श्रेष्ठ, नायिका माला लिम्बु, एसएसपी ज्ञानविक्रम शाह र राजविमल श्रेष्ठ निर्णायक रहेको प्रतियोगीतामा १४ प्रतिष्पर्धी सहभागी थिए ।
कार्यक्रममा गायकहरु नवराम राई, पदम राई, नवराज बस्नेत र वविन लिम्बुले गीत प्रस्तुत गरेको कार्यक्रममा एक खुट्टाले नृत्य गर्ने निलम ढुंगाना र देवश्री डान्स सेन्टरले आकर्षक नृत्य प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन दिए ।
प्रतियोगीता सोचेभन्दा राम्रो भएको इभेन्ट म्यानेजर सौरभ श्रेष्ठले बताए । उनले पुर्वँञ्चमै पहिलो पटक डिजिटल स्क्रिन सहितको स्टेजमा कार्यक्रम गरिएको ले पनि राम्रो भएको प्रतिक्रिया दिए ।
















प्रतिक्रिया