
व्यास (रुम्सी), ३ माघ । व्यास नगरपालिका–१४ स्थित रुम्सीको रिङ्गरोड क्षेत्रमा पक्की नाली निर्माण शुरु गरिएको छ ।
व्यास नगरपालिकाको आर्थिक वर्ष ०७८/७९ को विनियोजित बजेटवाट कच्ची सडक क्षेत्रमा पक्की नाला निर्माण शुरु भएको हो । १८० मिटर लम्बाइ रहेको उक्त रिङ्गरोड मर्मतका लागि नगरपालिकाबाट ७ लाख रुपैयाँ बजेट विनियोजन भएको व्यास नगरपालिका–१४ का अध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिएका छन् ।
क्रङ्क्रिट पल्मव ६० प्रतिशत र ४० प्रतिशत वोल्टर टाइपको प्रयोग गरी नाली निर्माण गरिएको वडाका सब इन्जिनीयर सुशील खनालले जानकारी दिए ।
‘७ लाख रुपैयाँ नगरपालिकाको बजेट र स्थानीय जनश्रमदानबाट पक्की नाली निर्माण गर्न लागेका हौ,’ नाली निर्माण समितिका अध्यक्ष कुमार आलेले भने । नाली निर्माणपछि बाटो नभत्कने र हिँडडुलका लागि समेत सहज हुने वडाध्यक्ष श्रेष्ठको भनाइ छ ।















प्रतिक्रिया