
काठमाडौं, ३ वैशाख । नयाँ वर्ष २०७२ को अवसरमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले सस्तो मुल्यको छुट्टैवार्ड सञ्चालनमा ल्याएको छ ।
नयाँ बर्षको सुरुवातसँगै बिश्व स्तरको उपचार सेवा सबै नेपालीको पहुँचमा पुर्याउने उद्देश्यले ग्राण्डीले पाँचसय रुपैँयाको बेड सहितको सिद्धार्थ वार्डको सञ्चालनामा ल्याएको छ ।
बरिष्ठ कलाकार हरिबंश आचार्य र मदन कृष्ण श्रेष्ठले विहीवार एक समारोहकाबीच सिद्धार्थ वार्डको उद्घाटन गर्नुभयो ।
नेपाल सरकारको सबैका लागि स्वास्थ्य भन्ने राष्ट्रव्यापि अभियानलाई समेत टेवा पुर्याउने र विश्व स्तरीय स्वास्थ्य सेवामा सबै नेपालीको पहुँच हुनुपर्ने मान्यता सहित सिद्धार्थ वार्ड सञ्चालनमा ल्याएको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर चक्रराज पाण्डेले जानकारी दिनुभयो ।
सिद्धार्थ वार्डमा भर्ना हुने बिरामीले प्रतिदिन प्रति वेड पाँच सय रुपँया मात्र तिर्नु पर्ने बताइएको छ । तुलनात्मक रुपमा यो वेड शुल्क सरकारी स्वामित्व भएका र सामुदायिक अस्पतालहरु सरह नै रहेको छ ।
नयाँ बर्षको अवसर पारेर शुरु गरिएको सिद्धार्थ वार्डले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको बिश्वस्तरको उपचार सेवालाई बहुसंख्यक नेपालीको पहुँचमा पुर्याउने अपेक्षा गरिएको छ ।


















प्रतिक्रिया