९ कार्तिक २०८३, सोमबार

आफ्नो भूमिमाथि भइरहेको हस्तक्षेपविरुद्ध सरकारले प्रतिवाद गर्नुपर्छ : राप्रपा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपालको आफ्नो भूमिमाथि भइरहेको अतिक्रमण र हस्तक्षेपका विरुद्ध नेपाल सरकारले कडा प्रतिवाद गर्नुपर्ने बताएको छ ।

नेपाली भूमि लिपुलेक कालापानी क्षेत्रमा भारतले एकतर्फी रुपमा सडक निर्माण गरिरहेको र केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वयम्ले सो कुराको खुलासा गरेको विषय गम्भीर, आपत्तिजनक र नेपाली सार्वभौमिकताको विरुद्धमा रहेको भन्दै राप्रपाले सो कुरा बताएको हो ।

‘कालापानी लिपुलेक नेपाली भूमि हो, आफ्नो भूमिमाथि भइरहेको अतिक्रमण र हस्तक्षेपका विरुद्ध नेपाल सरकारले प्रतिवाद गर्नुपर्दछ,’ राप्रपाका महामन्त्री भुवन पाठकद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ, ‘तर, भारतले सार्वजनिक रुपमा सडक निर्माण गरिरहेको अभिव्यक्ति दिइरहँदा नेपाल सरकार र सत्तारूढ गठबन्धनको पनि आश्चर्यजनक मौनता दुःखद र रहस्यमयी छ ।’

नेपाली भूमिमा भइरहेको हस्तक्षेपबारे नेपाल सरकारले भारतसँग कुटनीतिक र राजनीतिक तहमा संवाद गरी अविलम्ब निर्माण कार्य रोक्न र आफ्नो भूमिको रक्षा हुने गरी समाधान निकाल्न नेपाल सरकार समक्ष राप्रपाले जोडदार माग गरेको छ ।