वाशिङटन डिसी । झण्डै ३ दशक लामो समय सञ्चार क्षेत्रमा लाग्नु भएकी टेलिभिजन कै ईतिहासमा पहिलो समाचार बाचक बन्ने अवसर प्राप्त गर्ने संचारकर्मी रमा सिंहले अमेरिका भर रहेका आफ्ना शुभ चिन्तक, सदस्य तथा सम्पूर्ण नेपाली समुदायलाई एनआरएन अमेरिकाको निर्वाचनको संघारमा सन्देश दिनुभएको छ ।
एनआरएन एनसीसी अमेरिकाको अध्यक्ष पदकी प्रत्यासी रमासिंह सँग विजय थापाले गरेको कुराकानी यसप्रकार छ ।
१) ६ जना उम्मेद्वारबीच सहमति गरेको भएपनि हुन्थ्यो नि ? किन पहल गर्नुभएन ?
मैले त पहल गरेकै हुँ । मैले सार्वजनिक समारोहमा मेरा ५ जना पुरुष प्रतिस्पर्धी मित्रहरुलाई भन्दै आएको थिए । तपाईंहरु ५ जनाबाट १ उम्मेदवार बन्नुहोस् ।
म मेरो उम्मेद्बारी फिर्ता लिन्छु तर तपाईंहरु सहमत हुन सक्नु भएन भने ५ चै जनाले मलाई छोडिदिनुस् म चलाएर देखाई दिन्छु । उहाँहरुले त्यो पनि गर्नुभएन् । मत पहिला दिन तयार थिए तेसो नभए लिन तर उहाँहरु न दिन न लिन दुबै कुरामा सहमत हुनुभएन् ।
२) महिला उम्मेदवार, जित्ने आधारहरु स्पष्ट पारी दिनु हुन्छ की ?
मेरो अहिले सम्म्को गैरराजनीतिक चरित्र, महिला फुटबलर टेलिभिजनको छेत्रमा मैले बनाएको ईतिहास जो सामान्य ज्ञानमा पनि लेखिएको छ । मेरो निस्कलंक छबी र निस्पक्ष कार्यशैलिको क्षमता नै मेरो मत पाउने आधार हो ।
कति महिलाहरु स्वस्नि मान्छे हुनुमा पछुतो गर्लान तर म गर्व गर्छु । म स्वास्नि मान्छे हुँ, श्रीजनाकी खानी, श्रीष्टीको सम्बाहक, प्रकृतिपोषक, सहि र गलत छुट्त्याउन सक्ने धर्तिकी खानी हुँ । नौलो कुरालाई पहिचान बनाउन खोज्ने, अप्ठ्यारा बाटहरुमा हिंड्न रुचाउने, र छलकपट भन्दा पनि आफ्नो मेहनत र लगवमा विश्वास राख्ने, आटेको कुरा पुर्यार्इ छाड्ने द्रिढ बिस्वासी महिला हुँ । हेर्नु स्कुले बेला म देशको राष्ट्रिय फूटबल खेलाडी, खेल मैदानमा जादा जहिले पनि जित्छु भनेर नै गइन्थियो । आज सम्म ब्यबसायिक जिन्दगीमा मैले कहिले पनि हारेको छैन र मलाई जहा सम्म लाग्छ यो निर्वाचनको खेल पनि जित्छु । जित्ने आधारको कुरा गर्नु हुन्छ भने म यो संस्थालाई गैरराजनीतिक संस्थाको रुपमा स्थापित गर्न चाहन्छु । यो संस्था भित्र कुनै राजनीतिक पार्टिको हैन नेपालीको गन्ध आओस भन्ने चाहन्छु । अमेरिकामा बस्ने सबै नेपालीहरुले यसलाई मेरो पनि संस्था भनेर अनुभुती गर्ने बातावरण बनोस र यो संस्थाले सबै वर्गको प्रतिनिधित्व गरोस । सबैको प्रतिनिधित्व हुने संस्था भन्ने मैले बुझेकोले त्यो बुझाउने र सचेतना गर्ने मेरो लक्ष्य रहेको हो ।
दोस्रो, मेरो आफ्नै परिचयले पनि मलार्इ यहाँका नेपालीका मुद्दा नेपालमा उठाउन सजिलो हुन्छ । दोहोरो नागरिकता दिने, नेपालीको लागि लगानीमैत्री कानुन बनाउने र दोहोरो कर हटाउने सम्बन्धमा नेपाल सरकारसँग बार्ता गर्न टोली नै गठन गरेर अगाडि बढ्ने मेरो योजना छ ।
३) तपाईं भौतिक रुपमा सम्पूर्ण मतदाता कहाँ पुग्नु नै भएको छैन, कसरी चुनाव जित्नुहुन्छ ?
यो युग भनेको आइटीको युग हो, यो समयमा सबै भन्दा ससक्त र प्रभाबशाली संयन्त्र भनेको एसओसीआईएसएलएमईडीआईए हो । एसओसीआईएएलएमईडीआईए को माध्यमले तपाइका दैनिकी नै मिनेटभरमा जनता सम्म छर्लंग पुग्न सक्ने युगमा भौतिक उपस्थिति नै अति आबश्यक छ भन्ने मान्यता नै कतै पुरानो मान्यता बन्न पुगेको अनुभूति मैले गरेकी छु त्यो पनि अमेरिका जस्तो ठाउमा जहाँ मान्छेलार्इ थोरै फुर्सदको समय मिल्छ र त्यो पनि परिवारलाई पनि समय दिनुपर्ने हुन्छ । तर मेरो भनाइको अर्थ यो पनि होइन किम कहिँ पनि जादिन म केमा बिस्वाश गर्छु भने तपाइ आफ्नो लक्ष्य, कर्म र योजनामा दृढ हुनुहुन्छ । तपाइ लक्षित बर्गको लागि काम गर्न सक्ने योग्यता र क्षमता राख्नुहुन्छ भने, तपार्इलाइ साथ दिनेहरु दृश्य वा अदृश्य रुपमा तपाइसंगै हुन्छन्, जब मेरा हितैसी मतदाताहरु मेरो साथ हुनुहुन्छ भने भौतिक चमक धमक मेरा लागि आबश्यक देख्दिन । तरपनि म ठुला ३ वटा शहर पुगे, लसएन्जलस, सन्फ्रन्सिस्को र न्युयोर्कमा मैले पाएको सद्भभाब र माया मेरो कल्पना भन्दा बाहिर थियो ।कार्यक्रम जुधेकाले टेक्ससको कार्यक्रममा जान पाइेन, अब चुनाव पछी जान्छु ।

४) अध्यक्ष पद नै किन ताक्नुभयो ?
गतबर्ष देखी मैले एनआरएन को गतीबिधी नियाली रहेकी छु । अध्यक्षको कार्यशैलीले मात्रै एनआरएनलाई गती दिन सक्ने देखेकीले मैले अध्यक्षको दाबेदारी गरेकी हुँ । सुन्दैछु एनआरएन भित्र प्रशासनिक कार्यशैली, आर्थिक कारोबार, पारदर्शी छैन त्यसैले यस्ले निश्चित गन्तब्य पाउन सकेको छैन । यस्लार्इ सबैबर्ग आर्थिक हैसियत कमजोर भएका समेते, सबैपेसा र अमेरिकामा कानुनी हैसियत नबनिसकेका नेपालीको पनि साझा संस्थाको रुपमा बिकसित गर्नको लागि अध्यक्षको आट र प्रतिबद्धता चाहिन्छ । अर्को कुरा स्वस्नि मान्छेले चाह्यो भने जे पनि हुन्छ भन्ने हाम्रो मान्यता छ । सफल लोग्नेमान्छेको पछाडि एउटा स्वस्नि मान्छेको हातहुन्छ भन्ने भनाइ लार्इ नकार्न सकिन्न । झन तेसमाथि मैदानमा स्वस्नि मान्छे आफै उत्रिए पछी त हजारौ स्वस्नि मान्छे र लोग्ने मान्छेहरुको साथले त्यो स्वस्नि मान्छेको आवाजलाई बुलन्द मात्रै गर्दैन, सम्पूर्ण जनमानसमा पुर्याउन मद्दत पुग्छ जस्तो लाग्छ र यही नै मेरो जित हो ।
५) तपाइका मुख्य एजेन्डाहरु खुलाएर अगाडी राखी दिनुहोस त, जसबाट तपाइको जित्ने आधार तय होस ।
मेरोजित्ने आधार भनेकै अमेरिका भरि छरिएर बस्नुभएका मेरा मतदाताहरु हुनु हुन्छ र उहाहरुले पक्कै पनि मेरो एजेंडालाई हेरेर मलाइ भोट दिनुहुन्छ । जस्तो मुख्य अजेण्डा छन् :
१) मा एनआरएनलाई गैरराजनीतिक संस्थाकोरुपमा अघि बढेको हेर्न चाहन्छु र यसैको लागि म निरन्तर लागिरहन्छु । मेरो उम्मेद्वारी पनि यसैको लागि हो ।
२) एनआरएनलाई सबै आर्थिक अवस्थाका नेपालीको पहुँच केन्द्रको रुपमा बिकसित गर्ने योजना छ ।सबै नेपालीले सहयोगी संस्थाको रुपमा लिने बाताबरण बनाउन लागि पर्नेछु ।
३) अमेरिकामा कति नेपाली छन्, कुनपेशामा, कुनस्टेटमा बसोबास गर्छन, त्यसको तथ्याङ्क राख्न सकियो भने भबिश्यमा नेपालीका लागि नेपाली जस्ता कार्यक्रम ल्याउन सकिन्छ । सहयोगका प्याकेज कार्यक्रम ल्याउन सकिन्छ । यो सुचना बैंक राजदूताबाससंग पनि छैन। राजदुताबास र हामी मिलेर १ बर्ष भित्र यो तथ्याङ्क निकाल्न सकिन्छ ।
५) ब्यबसायिक सहयोग कोष, एकबर्षभन्दा बढी अबधिको लागि नेपाल बस्न पाउने न्च्भ्भ्ल् ऋब्च्म् को मुद्दा, र बिगतमा उठाईएका दोहोरो नागरिकताको मुद्दा जस्ता मुद्दा को कार्यान्वयन मेरो प्रथमिकतामा पर्छ ।
६) तपाईं महिला र महिला भन्दै हुनुहुन्छ ? किन महिला महिला मात्रै ?
म राजनीतिक प्यानलको बिरोध गर्दै आफ्नै बलबुता, योग्यता, ब्यक्तित्व, र कर्ममा विश्वास गर्ने मान्छे । सबै महिलालाई आफ्नै क्षमतामा चुनाव लड्न निबेदन गरेकी थिए ।म महिला भएको नाताले मैले सम्पूर्ण महिलाको प्रतिनिधित्व गर्नैपर्छ र त्यो हिसाबले सम्पूर्ण महिलालार्इ निर्वाचनमा जिताउन म सबै मतदातालाई अनुरोध पनि गर्दछु । म कांग्रेस, एमालेको प्यानल वा यो प्यानल र त्यो प्यानल भन्ने चरित्रको बिरोधी हुँ, तेसमाथि पनि कांग्रेसकै ३ वटा प्यानल देखिएको बेला म तेस्को बिरोधी, प्यानलले हामी हामीमा गुटबन्दी ल्याउछ र काम गर्ने बेलामा पनि बिरोधको राजनीति सुरु हुन्छ । तपाईं सक्षम हुनुहुन्छ भने महिला र पुरुष, यो प्यानल र त्यो प्यानल भन्न जरुरी छैन, जसरी अहिले म लडिरहेको छु । फेरी दक्षिण एसिया यस्तो महादिप हो, जहाँविश्वकै पहिलो महिला प्रधानमन्त्री जन्मिएका थिए । त्यहीएसियाका महिला हौ हामी ।भोली हाम्रा यही जन्मिएका छोरीहरुले अमेरिकाको राष्ट्रपती बन्ने अबसर नपाउला भन्न सकिन्न ।हामीमा त्यती साहास र आत्मविश्वास छ । महिलाहरु आफ्नै बलबुताले उम्मेद्वा रहुनु भएको छ, उम्मेद्वार दिनु हुने महिलाको सहासको म सम्मान र सलाम गर्दछु । मत भन्छु यो पल्ट महिलालाई अबसर दिनुहोस्, उनिहरुलार्इ मार्ग प्रसस्थ गरिदिनुहोस् । र यिनै सहासी महिलालार्इ जिताउन मतदाताहरुलाई निबेदन पनि गर्दछु ।

७) नेपाल प्रबद्र्धनका लागि एनआरएनएनसीसी अफ युएसएको तर्फबाट केके योजना पस्कनु हुन्छ यदि तपाई अध्यक्ष पदमा निर्बाचित हुनुभयो भने ?
नेपाल प्रबद्र्धन, सान्दर्भिक प्रश्न उठाउनुभयो । कतीपय अमेरिकनले अझै पनि नेपाल चिनेको छैन ।हामीले २÷४ तरिकाले नेपाल प्रबद्र्धर्धन गर्न सक्छौ । जस्तो नेपाल प्रवद्र्धन गर्ने मेलाहरु आयोजना गर्ने, जस्ता कार्यक्रमलार्इ निरन्तर रुपमा आयोजना गर्न सक्नुपर्छ ।
८) तपाइँलाई पूर्बराजा ज्ञानेन्द्रको समर्थक र सहयोगी भनेर केहि व्यक्तिहरुलेआरोप लगाउने गर्छन, यसबारेमा तपाइको प्रतिक्रिया के छ ?
कमसेकम तत्कालिन ब्यबस्थाका सर्बोच्च ब्यक्तिको समर्थक भनेर आरोप लगाएछन् । कुनै दुखेसो छैन मैले देशको पहिलो टेलिभिजन त्यो पनि राष्ट्रिय टेलिभिजनको शसक्त संचारकर्मीको रुपमा छबी बनाएकी छु । मैले राजा बिरेन्द्र, राजा ज्ञानेन्द्र, पञ्चायतका प्रधानमन्त्री मरिचमान सिंह, कोङ्रेस्सका कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद, शेरबहादुर देउवा, एमालेका मनमोहन अधिकारी, झलनाथ खनाल, माधव नेपाल, र माओवादीका प्रचण्ड र बाबुरामसँग पनि काम गर्ने अबसर मिल्यो । मैले ब्यक्ती बिशेषका लागि अहिले सम्म केही गरेको छैन ।मैले देश र सिस्टमको लागि काम गरे । बिपि कोइराला, गणेशमान र कृष्णप्रसादले पनि राजाको वकालत गरेकै हुन । जिन्दगीको अन्तिम अवस्थासम्म पनि उनिहरुले संबैधानिक राजसंस्थाको पक्षमा आवाज उठाएकै थिए । उनिहरु राजाबादी कहिल्यै भएनन भनेर म सिंहलार्इ मात्रै सधैं राजाबादी बनार्इनुपर्ने किन ?
यहाँ सम्म्की एमाले प्रधानमन्त्री मनमोहन अधिकारीले एकपल्ट मसँग ूब्यक्ती हैन संस्थाको कुरा गरौ, नेपाल जोगाउन, नेपालको परिप्रेक्ष्यमा राजसंस्था आबश्यक छ तर त्यो कसरी, कुन रुपमा आबश्यक छ जनताले तय गर्ने कुरा हो भन्नुभएकोथियो । के मनमोहन अधिकारी राजाबादी थिएनन त्यतिबेला ?
९) अमेरिकामा नेपाली कांग्रेस र नेकपा एमालेका भातृ संगठनहरुको बोलवाला छ, यस्तो बेलामा तपार्इको उम्मेदवारीलाई उनीहरुबाट समेत सहयोग र समर्थन चाहिने हुँदा उनीहरुलाई समेटेर अगाडी लैजान सक्ने केहि योजना बनाउनुभएको छ ? यदि छ भने स्पस्ट पारिदिनुहोला ।
हेर्नुस् म एउटा लक्ष्य लिएर हिंडेको छु । मेरो लक्ष्य भनेको एनआरएन लार्इ गैरराजनीतिक संस्थाको रुपमा स्थापित गराउने हो । नेपालको सन्दर्भलार्इ जोडेर हेर्दा सायद मेरो लक्ष्य असफल यात्रा लाग्न सक्छ त रनिरन्तर को प्रयास, अबिचलितयात्राले मान्छेलार्इ लक्ष्यमा पुर्याउछ भन्ने मेरो मान्यता छ । एउटा कुरा तपाईं कहिले नबिर्सिनुस कि अमेरिका छिर्दा हामी सबै पहिले नेपाली भएर छिरेका थियौ कुनै जाती समुदाए वा पार्टीका कार्यकर्ता भएर हैन । एनआरएनको नारा नै छ ‘एकपल्टको नेपाली सधैंको नेपाली’ कम्सेकम् एनआरएनमा उठने ब्यक्तिले यो नारालाई त आत्मसात गरी दिनुस् । म के कुरामा बिश्वस्त छु भने नेपालमा पार्टीहरुसँग आबद्ध हुनुभएको भएपनि अमेरिका आएपछी अहिलेको अवस्थामा मतदाताहरुले एनआरएन लार्इ राजनीतिकरण हुन दिन चाहनुहुन्न । उहाँहरुको मन भित्रको आवाजले गर्दा पनि उहाँहरुले यो पल्ट मलाई भोट दिनुहुन्छ ।
१०) अन्तमा मतदातालाई केही भन्नुछ ?
मेरो बल भनेको मतदाताहरु नै हुन, र मतदाताहरुको लागि राजनीतिक र डन लागेको एनआरएन नै सबैभन्दा ठुलो सहयोगी संस्था हुन सक्छ त्यसैले मैले आफ्नो छुट्टै नारानै बनाएको छु । न कुनै पार्टी न कुनै दल एनआरएन नै नेपालीको बल नेपाल र नेपाली जिन्दाबाद ।















प्रतिक्रिया