
भक्तपुर, ३० पुस । प्रेस चौतारी नेपाल जिल्ला समिति भक्तपुरको अध्यक्षमा हेमराज ढकाल सर्वसम्मत चयन भएका छन् ।
हिजो बिहीबार सम्पन्न चौथो अधिवेशनले ढकालको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति गठन भएको हो ।
शाखाको उपाध्यक्षमा ऋषिकेश श्रेष्ठ र मिना घोरासाइने तथा सचिवमा आशिष पौडेल चयन भएका छन् । त्यस्तै सहसचिवमा राजकुमार लामिछाने र विपना मुसिख्वाल तथा कोषाध्यक्षमा नारायण थापा सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा सविना केसी, देवेन्द्र प्रजापति, सिर्जना खतिवडा, प्रतिकराज कार्की चयन भएका छन् । नयाँ कार्यसमितिमा दुई जना सदस्य थप गरिने अध्यक्ष ढकालले जानकारी दिए ।















प्रतिक्रिया