९ कार्तिक २०८३, सोमबार

सीसीएमसी प्रमुख रामप्रसाद थपलियालाई कोरोना संक्रमण पुष्टि

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ पुस । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) प्रमुख रामप्रसाद थपलियालाई नै कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

उनी नेतृत्वको अघिल्लो बैठकले विद्यालय बन्दलगायत १३ बुँदे सिफारिसका आधारमा सरकारले १५ माघसम्म विद्यालय बन्द गरेर कोरोना रोकथाम गर्ने प्रयास गरेको थियो । तर, थपलियालाई नै कोभिड देखिएपछि त्यसयता सीसीएमसीको बैठकसमेत बस्न सकेको छैन ।

उक्त बैठकमा सहभागीहरू कन्ट्रयाक ट्रेसिङमा छन् । प्रधानमन्त्री कार्यालका सचिव शिशिरकुमार ढुंगाना र काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई यसअघि कोभिड पुष्टि भइसकेको छ ।