
काठमाडौं, २९ पुस । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सरकार तत्काल लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् ।
कोरोना भाइरसका संक्रमितको संख्या दैनिक करिब १ हजारका दरले वृद्धि भइरहेको परिप्रक्ष्यमा स्वास्थ्यमन्त्री खतिवडाले सो कुरा बताएका हुन् । नेपालले यसअघि अन्य देशहरूको कुरा सुनेर लकडाउन गरेको भए पनि अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने उनको भनाइ छ ।
आज बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रममा उनले यसअघिका लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा धेरै असर गरेको भन्दै अब लकडाउन नै समाधान हो भन्ने किसिमबाट सरकार नजाने स्पष्ट पारेका हुन् ।















प्रतिक्रिया