काठमाडौँ। पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिने भएको छ ।
शुक्रबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारले निर्णय गरेको हो । राष्ट्रिय सम्मानका साथ अन्तिम संस्कार गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री बुद्धिमान तामाङको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको छ । पाँच पटक नेपालको प्रधानमन्त्री बनेका थापाको निधनमा शोक मनाउन सरकारले शुक्रबार राष्ट्रिय विदा दिने भएको छ ।
















प्रतिक्रिया