
काठमाडौं, २७ पुस । डिजिटल भुक्तानीका लागि कामना सेवा विकास बैंकले फोकसवान पेइमेन्ट सोलुशनको डिजिटल वालेट मोको एपसँग साझेदारी गरेको छ ।
उक्त साझेदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र फोकसवान पेइमेन्ट सोलुशनका प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले हस्ताक्षर गरेका छन् ।
मोको एप नेपालमा पहिलोे ‘ओपन लुप नन–स्टोर भ्यालु’ डिजिटल वालेट हो जसमा ग्राहकहरूले सजिलै आफ्नो कार्डको विवरण राखी तुरुन्तै क्यूआर कोडको माध्यमबाट विभिन्न मर्चेन्ट आउटलेटहरूमा पेइमेन्ट गर्न सक्ने छन् ।
हालै भएको यो सम्झौताले कामना सेवा विकास बैंकका भिसा कार्ड प्रयोगकर्ताहरूले अब मोको एपमा आफ्नो डेबिट कार्ड लिंक गरी खरीद तथा विभिन्न सेवाहरूको भुक्तानीका लागि प्रयोग गर्न सक्ने छन् । यो एप प्रयोग गरी टेलिकम टप–अप, इन्टरनेट, बिजुलीको बिल र अन्य थुप्रै सेवाहरू प्राप्त गर्न सकिने बताइएको छ ।
यो सेवा लिन डिजिटल वालेटमा ग्राहकहरूले पटक–पटक ब्यालेन्स लोड गरी रहन नपर्ने कम्पनीको भनाइ छ ।















प्रतिक्रिया