
-सुरेश सुवेदी
तिम्रो रगतले लत्पतिएको
त्यो रातो झन्डामा
आज कालो दाग लागेको छ
तिम्रो पसिनाले फुलेको त्यो फुलमा
आज झुसिल किराको राज छ
तिम्रो आँसुको थोपाले सिर्जित
त्यो दर्शनमा आज धमिराको बास छ
अनि उनीहरू भन्छन्-
रटान लगायौ सुँगा झंै
युग परिवर्तन भएको छ
सकिन अब हिँड्न
चोरको पनि एक भोट तिम्रो पनि
त्यही भोटको जोडले
साम्यवाद को रथ गुड्छ
हो म भन्छु–
हिजो पेत्रोगादमा रगत किन बग्यो
तियमेन स्क्वायरमा
अनि सुखानी छिन्ताङ र खोर्सानेमा
गोलिको पर्रा किन छुट्यो?
जेल किन बने?
हत्कडी किन ठोकियो?
यो त वर्गिय सत्ता हो
वर्गिय सत्ताले दमन गर्छ
दमनको प्रतिरोध गर्न खुट्टा कमाउछौ भने
छोड तो रातो झण्डा
छोड ती आर्दशका गफ
रोज त्यही संसदवादको यात्रा
खसी को टाउको देखाउँदै कुकुरको मासु बेच
नआउ झुपडीमा
वर्गीय सत्ता उन्मुलनको नारा लिएर
नआऊ रातो लाल्टिन बाल्दै
अँध्यारो मै त्यो गाउँ छोड्ने भए
कोही बने छैन अब बत्तिको पुतली
तिम्रो परिवारको रजगज र मतियार
गुमाउने छैनौं आफ्ना प्रियहरू
हामी आफ्नो बाटो आफैं तय गर्नेछौं
कोर्छौं रेखाचित्र दिलदिमागले
सिक्दै सिकाउँदै चुम्नेछौं
त्यो मञ्जिल
जटिल होस वा सरल
आखिर यो नाफाको जिन्दगी
खेर जाने छैन, हुनेछ आफ्नै वर्गमा समर्पित
सदा–सदाका निम्ति।













प्रतिक्रिया