
काठमाडौं, २२ पुस । नेपाली काङ्ग्रेसका नवनिर्वाचित सहमहामन्त्री महेन्द्र यादवले आगामी निर्वाचनमा काङ्ग्रेसले नेकपा एमालेलाई एक सीट पनि जित्न नदिने दाबी गरेका छन् ।
आगामी निर्वाचन आफ्नो पार्टीका सभापति शेरबहादुर देउवाको नेतृत्वमा हुने भएकाले एमालेले एक सीट पनि नजित्ने दाबी उनको छ । ‘अब हुने निर्वाचन हाम्रो पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा हुन्छ । हामी पाँच दलीय गठबन्धनलाई साथ लिएर आगामी निर्वाचनमा जान्छौं र प्रतिगमनलाई पूरै परास्त गर्छौं । हामी एमालेलाई देशभरि एउटा पनि सीट जित्न दिँदैनौं,’ उनले भने ।
उनले अबको चुनावपछि एमालेप्रति जनताको विश्वास खत्तम हुने दाबी पनि गरेका छन् । देउवाकै नेतृत्वमा चुनाव हुने र निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम रहने उनको भनाइ छ । ‘अब जनताले यसअघि गरेको गल्ती सच्याउने छन्,’ उनले भने ।















प्रतिक्रिया