
काठमाडौं, २० पुस । पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा एकता दिवसको दिन पुस २७ गते सार्वजनिक बिदा दिन विश्वभक्त बाबाले माग गरेका छन् ।
हिजो सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै भगवान भक्त बाबाले एकता दिवसको दिन पुस २७ गते सार्वजनिक बिदा दिन सरकारसँग माग गरेका हुन् ।
पृथ्वीनारायण शाहले दिएको सन्देश बिर्सदै गएको कारण देशमा आज यो अवस्था उत्पन्न भएको उनको भनाइ छ । उनले पृथ्वीनारायण शाह नै यो देशको निर्माता हुन् भन्दै अहिलेका राजनीतिक दलहरुले देश बेचेर खान लागेको आरोप लगाए ।
प्रधानमन्त्री शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’लगायत धेरै दलका नेताहरुलाई एकस्थानमा जम्मा गरेर अन्तरक्रिया गर्ने आफ्नो चाहना उनको छ ।
पत्रकार सम्मेलनमार्फत अधिवक्ता त्रिलोक बहादुर चन्द, राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष तेजराज भुजेल, राजनितिक विश्लेषक प्रकाश रायमाझी, पृथ्वीनाथ राई र अधिवक्ता आकृति रायमाझीलगायतले पनि पुस २७ गते सरकारले एकता दिवस मनाउँदै सार्वजनिक विदा दिन माग गरेका छन् ।















प्रतिक्रिया