९ कार्तिक २०८३, सोमबार

‘नागरिक उन्मुक्ति पार्टी’ दर्ता गर्न बाजागाजासहित निर्वाचन आयोग पुगे रेशम चौधरीका समर्थकहरू

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ता गर्न निलम्बित सांसद रेशम चौधरी समर्थहकरू बाजागाजासहित निर्वाचन आयोग पुगेका छन् ।

कैलाली टीकापुर घटनामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका चौधरीले जेलमा रहँदा नै पार्टी दर्ता गर्न लागेका हुन् । त्यसो त उनले जेलमा रहँदा नै वारिसबाट उम्मेदवारी दिएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

भृकुटीमण्डपमा भेला भएर उनीहरू बाजागाजासहित आयोग पुगेका हुन् । पछिल्ला केही दिनयता चौधरीको रिहाइको माग राखेर काठमाडौंमा प्रदर्शन भइरहेको छ ।

कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी टीकापुर घटनामा दोषी ठहर गरेपछि उनी अहिले पनि कैद भुक्तानका लागि कारगारमा छन् ।