२९ आश्विन २०८३, बिहिबार

प्रवासी नेपालीहरूले राष्ट्रप्रति गरेको योगदानको एमाले अध्यक्ष ओलीद्वारा प्रशंसा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अष्ट्रेलिया, १९ पुस । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रवासी नेपालीहरूले राष्ट्रप्रति गरेको योगदानको उच्च प्रशंसा गरेका छन् ।

प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीद्वारा नयाँ वर्ष २०२२ को उपल्यक्षमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रवासी नेपालीहरुले कोरोना महामारीसहित देशभित्रका आपतविपतमा गरेका सहयोगको ओलीले प्रशंसा गरेका हुन् । साथै ओलीले नेपाली र नेपालीको हितमा प्रवासी नेपालीले गरेको कार्यलाई धन्यवाद दिदै नयाँ वर्षमा राष्ट्रका लागि थप योगदान गर्न आव्हान समेत गरेका छन् ।

भर्चुअल माध्यबाट भएको कार्यक्रमा नया वर्षको शुभकामना दिँदै अध्यक्ष ओलीले एमालेको विभाजनमा एमालेलाई स्पष्ट साथ र सहयोग दिने प्रवासमा रहेका नेपाल समुदायलाई धन्यवाद समेत व्यक्त गरेका छन् ।

प्रवासी नेपाली मञ्चलाई विशेष धन्यवाद दिदै प्रवासको कमिटीको जोश जाँगरले नेपालमा समेत विभाजनका विरुध्द खडा हुन मनोवल प्राप्त भएको अध्यक्ष ओलीको भनाइ थियो । ओलीले देशबाहिर बसेर देशको राजनीतिलाई सहि ढंगले विश्लेषण गर्ने बुझ्ने त्यसअनुसार सहि कुरामा साथ दिएर अगाडि बढेकोमा प्रवासीहरुको सरहाना गरेका हुन् ।

नेपालको राजनीतिको बिषयमा बोल्दै ओलीले सन् २०२१ मा नेपालमा समृद्ध नेपाल निर्माणमा लागेको सरकारलाई हटाएर देशद्रोही सरकार निर्माण गर्ने बर्ष भएको बताएका छन् । ओलीले नयाँ वर्ष २०२२ मा नेपाली जनताले वर्तमान देशद्रोही गठबन्धन सरकार हटाएर समृद्ध नेपाल बनाउने एमालेको बहुमतको सकार बन्ने दाबी समेत गरेका छन् ।

अध्यक्ष ओलीले वर्तमान गठवन्धन सरकारले भारतलाइ खुशी पार्नका लागि साझा कार्यक्रममा लिम्पियाधुरा कालापानीलाई समस्या मात्र भनेको र फिर्ता ल्याउने कुरा नगरेको वताउँदै देशमा एमाले सरकारले शुरु गरेको विकासका १ हजार ४०० बटा भन्दा बढी आयोजना खारेज गरेकोलगायत कुरा राष्ट्रघाती भएकाले आफुले देशद्रोही सरकार भन्ने गरेको बताए ।

एमाले विभाजन प्रतिलक्षित गर्दै ओलीले कोरोनाभन्दा एमालेबाट बाहिरिएका भाइरसले देशमाको हानी पुर्याएको बताएका छन् । ओलीले आगामी माघ १२ को राष्ट्रियसभाको निर्वाचन एमालेका लागि अन्तिम धक्का हुने पनि बताएका छन् । यो निर्वाचनले नया जनमतको प्रतिनिधित्व नगर्ने उनको भनाइ छ ।

तर आगामी आम निर्वाचनहरुमा जनताले मतदान गर्ने निर्वाचनहरुमा भने एमाले पहिलो हुने उनको दाबी छ । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले माओवादीको जारी महाधिवेशनतर्फ इकित गर्दै सामाजवादको नेपाली बाटो भनेको आफ्नै सरकार भत्काएर एउटा चोइटो लिएर अरुका पछाडि कुद्नु समाजवाद हो भनेर प्रश्न गरेका छन् ।

प्रवासी नेपालीहरुको चासोको बिषय रहेको गैरआवासीय नागरिकको द्बैध नागरिकता बारेमा ओलीले विदेशी नागरिकता लिएकालाई राजनीति अधिकारबाहेकको र विदेशी नागरिकता त्यागेमा सम्पुर्ण अधिकार सहितको नागरिकता दिन सकिने बताएका छन् ।

कार्यक्रममा एमाले विदेश विभाग प्रमुख तथा प्रवास इन्चार्ज राजन भट्टराइले नयाँ वर्षको शुभकामना दिँदै कोरोना संकटको बेलामा प्रवासी नेपाली मञ्चले गरेको सहयोगको प्रशंसा गर्दै आगामी दिनमामा पनि समृद्ध नेपाली खुशी नेपाली बनाउने अभियानमा साथ दिन आग्रह गरे ।

प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कमिटीका सचिव रमेश पाण्डेले गरेका थिए । कार्यक्रममा कमिटीका सदस्य डा. विमला भण्डारीले स्वागत तथा नेपाली राष्ट्रिय गानबाट शुरू गरिएको कार्यक्रममा खड्ग न्यौपानेले गीत प्रस्तुत गरेका थिए ।