२९ आश्विन २०८३, बिहिबार

८८ प्रतिशत प्रवासी नेपालीले लगाए कोरोना भाइरसविरुद्धको पूर्ण खोप

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १९ पुस । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रकोपबाट बच्न नेपालबाहिर बसोबास गर्ने नेपालीमध्ये ८८ प्रतिशतले पूर्ण खोप प्राप्त गरेका छन् ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले दिएको जानकारी अनुसार विभिन्न ५१ वटा देशमा बस्ने ८८ प्रतिशत भन्दा बढी नेपालीहरूले खोपको पूर्ण डोज पाएका हुन् ।

अष्ट्रेलिया, न्यूजिल्याण्ड, हङकङ, माल्दिभ्स, अमेरिका, क्यानाडा, युके, मलेसिया, बहराइन, अफिक्रा, दक्षिण कोरिया लगायतमा रहेका नेपालीहरुले खोप लिएको संघको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाले जानकारी दिए । तर, भारत, बंगलादेश जस्ता देशहरूमा भने ७० प्रतिशत भन्दा कम नेपालीले पूर्ण मात्रा खोप लगाइसकेको उनको भनाइ छ ।

न्यूनतम खोप उपलब्ध भएका देशहरूमा घाना, नाइजेरिया, दक्षिण अफ्रिका, तान्जानिया, युगान्डामा सामान्य जनसंख्याको ३० प्रतिशत भन्दा कम जनसंख्याले खोपको सुविधा प्राप्त गरे पनि त्यहाँस्थित ९० प्रतिशत नेपालीले भने खोप पाएको दाबी समितिको छ ।

यस्तै कोरोनाविरुद्धको तेस्रो खोप (बुस्टर डोज) सबै देशमा उपलब्ध नभए पनि उपलब्ध भएका देशमा भने नेपालीहरुले तेस्रो खोप समेत लिएका छन् । अहिलेसम्म बेल्जियममा ९० प्रतिशत नेपालीले बुस्टर डोज लिइसकेका छन् ।

बेलायतमा रहेका ६० प्रतिशत भन्दा बढी नेपालीहरुले बुस्टर लिएको संयोजक डा. सापकोटाले बताए । समितिका अनुसार विदेशमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले समेत तेस्रो खोप प्राप्त गरिसकेका छन् ।

हाल विश्वको कुल जनसंख्याको ५१ प्रतिशतले पूर्ण रुपमा खोप लगाएको तथ्यांक छ । कोरोना महामारी शुरु भएयता गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले विदेशमा रहेका नेपालीहरुको स्वास्थ्य अवस्थाको बारेमा तथ्यांक संकलन गर्ने, उनीहरुको स्वास्थ्य सम्बन्धमा साचो राख्दै बिभिन्न स्वास्थ्य मुलक जनचेतना कार्यक्रम गर्दै आएको छ ।

संघको स्वास्थ्य समिति अन्तर्रगत विदेशमा विभिन्न स्वास्थ्य केन्द्रमा कार्यरत दुई सय भन्दा बढी चिकित्सकहरुले तथ्यांक संकलन र जनचेतना कार्यक्रम सम्पन्न गर्न सघाइरहेका छन् ।

स्वास्थ्य समितिद्धारा जारी पछिल्लो तथ्यांक संकलन गर्न डा. सागर पौडेल (भारत), डा. नीतेश अर्याल, लक्ष्मी गिरी (बहराइन), रोशन थापा, कृष्ण भट्ट (अफ्रिका), डा. बोधराज सुवेदी (युरोप), एलिजा केसी (जापान), गोविन्द खरेल (बेलायत), गोकर्ण ढकाल (हङकङ), र लोक दाहाल (युरोप) लगायतले सहयोग रहेको स्वास्थ्य समितिले जनाएको छ ।