
काठमाडौँ, १७ पुस । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनको नेतृत्व चयनका लागि निर्वाचनको संशोधित कार्यक्रम सार्वजनिक गरिएको छ ।
केन्द्रीय सदस्यको निर्वाचनका लागि शनिबार तय गरिएको कार्यक्रम संशोधन गरिएको हो ।
केन्द्रीय निर्वाचन आयोगले नयाँ कार्यक्रम सार्वजनिक गरेको छ ।
नयाँ कार्यक्रमको तालिकाअनुसार उम्मेदवारको मनोनयत पत्र दर्ता आइतबार २ बजेदेखि ३ः३० बजेसम्मका लागि तोकिएको छ ।
त्यस्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशत ५ः४५ बजेसम्म गर्ने र ६ः२५ बजेदेखि १०ः२५ बजेसम्म मतदान गर्ने कार्यतालिका प्रकाशित गरिएको छ ।
यसअघि आयोगले आजै राती साढे ११ बजेदेखि निर्वाचन हुने तालिका सार्वजनिक गरेको थियो ।
















प्रतिक्रिया