८ कार्तिक २०८३, आइतबार

माओवादी महाधिवेशनः सकियो समूहगत छलफल, शुक्रबार प्रचण्डले जवाफ दिने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ पुस । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनमा समूहगत छलफल सकिएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि २५ वटा समूहमा गरिएको छलफल सकिएको हो ।

समूहगत छलफल सकिएसँगै स्थायी कमिटीको बैठक बसेको छ ।

बैठकमा फरक मतलाई वाचन गर्न दिने नदिनेबारे छलफल हुने बताइएको छ ।

२५ समूहका टोली नेताले वुधबारदेखि छलफलको निष्कर्ष सुनाएका थिए ।

अब शुक्रबार १ बजे बैठक बस्नेछ । अनुशासन, लेखा र निर्वाचन आयोगको प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ । त्यसपछि प्रचण्डले जवाफ दिनेछन् ।