८ कार्तिक २०८३, आइतबार

थप २२० जनामा पुष्टि, २५३ निको, दुई जनाको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १४ पुस । नेपालमा पछिल्लो २४ घण्टामा २२० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा २२० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ६ हजार ४३३ र एन्टिजेन विधिबाट १ हजार १७५ एन्टिजेन परीक्षण गरिएकोमा २२० जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ९ लाख २४ हजार १५७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २५३ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ८ लाख ११ हजार ५१८ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ८६४ जना रहेको छ ।

हालसम्म करिब एक करोडले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।

२४ घण्टामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५९० जना पुगेको मन्त्रालयले जनाएको छ ।