
काठमाडौँ, १४ पुस । नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आजको बन्दसत्रमा ११ वटा समूहरुले विचार राखेका छन् ।
बन्द सत्रको पहिलो दिन सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट प्रस्तुत २१औं शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज पेश भएको थियो । त्यस्तै, स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङबाट प्रस्तुत विधान मस्यौदा प्रस्तुत गरेका थिए ।
वुधबार सवा १ बजेबाट अध्यक्ष प्रचण्ड र स्थायी कमिटी सदस्य गुरुङको दस्तावेजमाथि समूहगत छलफलको निष्कर्ष प्रस्तुत गरिएको छ ।
राजनीति दस्तावेज र विधान मस्यौदामाथि छलफल गर्न प्रतिनिधिहरुलाई २५ वटा समूहमा विभाजित गरेर मंगलबार बिहानदेखि वुधबार बिहान १२ सम्मको समय छुट्याइएको थियो ।
समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने क्रममा सल्लाहकार समूहको तर्फबाट रामनारायण बिडारी, प्रदेश नं. २ बाट सत्यनारायण भगत, आयोगको तर्फबाट टंक राई, गण्डकी प्रदेशबाट गायत्री गुरुङ, प्रदेश नं. १ बाट अजम्बर काम्वाङ राई र हर्कबहादुर नेम्बाङ, प्रवास समन्वय समितिबाट मनऋषि धिताल, बागमती प्रदेशबाट सरल सहयात्री, केन्द्रीय विभागबाट गीता पनेरु, सुदूरपश्चिम प्रदेशबाट मिनबहादुर कँवर र कर्णाली प्रदेशबाट विमला केसीले समूहको निष्कर्ष प्रस्तुत गरे ।
बिहीबार विहान ११ बजेदेखि बाँकी रहेका समूहले बन्द सत्रमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रचार तथा प्रकाशन उपसमितिले जनाएको छ ।
















प्रतिक्रिया