८ कार्तिक २०८३, आइतबार

नेपाली महिला टोली एशियन सेन्ट्रल जोन भलिबलको बन्यो विजेता

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ पुस । नेपाली महिला टोली एशियन सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको दोस्रो पटक विजेता बनेको छ ।

मंगलबार उज्वेकिस्तानमाथि रोमाञ्चक जित हात पार्दै महिला भलिबल च्यालेन्ज कपको उपाधि रक्षा गरेको हो ।

ढाकामा शहीद सुह्रवर्दी नेशनल इन्डोर स्टेडियममा मंगलबार भएको प्रतिस्पर्धात्मक तथा रोमाञ्चक फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा हरायो । निकै नै प्रतिस्पर्धात्मक पहिलो सेट ट्राइब्रेकरमा २६–२४ ले नेपालले अग्रता बनाएको थियो ।

पहिलो खेलमा सजिलै जित निकालेको नेपालले दोस्रो खेलमा पराजित बनेको थियो । तर तेस्रो खेलमा २५औ१५ ले उज्वेकिस्तानमाथि विजय हासिल गरेको हो ।