८ कार्तिक २०८३, आइतबार

अटोमेटिक पेस्तोलसहित दुई जना पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

सुनसरी, १३ पुस । कोशी गाउँपालिका–१ लौकहीस्थित बिएस होटलबाट २ थान अटोमेटिक पेस्तोल, ४ थान म्याग्जिन, ३ राउण्ड गोली, २ हजार भारतिय रुपैँया, १ थान मोबाइल र बिआर ५० के ०१४९ नम्बरको मोटरसाइकल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत अररिया पञ्चायत बासमटिया–६ बिहार बस्ने ३५ वर्षीय विधानन्द राम र पञ्चायत बासमटिया–२ बस्ने ३१ वर्षीय हासिम अंसारी रहेका छन् ।

ईलाका प्रहरी कार्यालय लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उक्त हातहतियार र उनीहरुले प्रयोग गरेको मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरेको हो ।