३० आश्विन २०८३, शुक्रबार

सिरिन्ज सकिएपछि फाइजर खोप लगाउने कार्यक्रम स्थगित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । खोपका लागि आवश्यक सिरिन्ज उपलब्ध नभएपछि मंगलबारदेखि शुरू गर्ने भनिएको फाइजर खोप अभियान स्थगित भएको छ ।

उपत्यकाका तीनसहित आठ जिल्लामा ११ देखि १७ वर्षसम्मका बालबालिकालाई फाइजर खोप दिने सरकारको लक्ष्य थियो ।

कोभाक्स सुविधाअन्तर्गत प्राप्त ६ लाख ६४ हजार ५ सय ६० डोज फाइजर खोपसँगै सिरिन्ज आउनुपर्ने थियो । तर सिरिन्ज नआएपछि अभियान केही दिनका लागि पछि धकेलिएको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले प्राविधिक कारणले सिरिन्ज नआएको र आउनासाथ खोप अभियान सुरु हुने बताए । ‘फाइजर खोपसँगै आउनुपर्ने सिरिन्ज प्राविधिक कारणले आएन, अभियान एक–दुई दिनपछि सुरु गरिनेछ,’ उनले भने, ‘सिरिन्ज आउनासाथ आठै जिल्लामा खोप अभियान सञ्चालन हुन्छ ।’ आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले समाचार लेखेको छन् ।