
काठमाडौँ, ११ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँगको एकता गलत नभएको बताएका छन् ।
काठमाडौँको कमलादीस्थित पार्टीको आठौँ महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
यसअघिको सम्बोधनमा नेकपा एमालेका महासचिव शंखर पोखरेलले नेकपा गठन गलत नभएको बताएका थिए । प्रचण्डले पोखरेलको भनाइको प्रशंसा गर्दै एमालेसँग गरेको एकता गलत नभएको बताए ।
प्रचरण्डले किन र के कारणले एकता टुट्यो भन्नेबारे आत्मसमीक्षा गुर्नपर्ने बताए । ‘फेरि एक पटक आत्मसमीक्षा गरौं, के कारणले हामी दुई ठाउँमा हुन पुग्यौं’ उनले भने, हामीले गल्ती गरेका थिएनौं ।’















प्रतिक्रिया