८ कार्तिक २०८३, आइतबार

पश्चिम नवलपरासीमा बसले ४ पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु, ३ घाइते

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ पुस । पश्चिम नवलपरासीमा बसले चार जना पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा तीनजना घाइते भएका छन् ।

आइतबार बिहान पौने ६ बजे लु २ ख ४०५५ नम्बरको बसले रामग्राम नगरपालिका १ निलागेटमा पैदल हिंडिरहेका चार जनालाई एकैसाथ ठक्कर दिएको थियो ।

रामग्राम नगरपालिका ३ परासीकी ३५ वर्षीया कमला रेश्मीमगरको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक रेश्मी नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका सचिव राजकुमार रेश्मीकी श्रीमती हुन् ।

अन्य ३ जना घाइतेहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।